+
+

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते २१:१५

१७ कात्तिक, डोटी । डोटीको शिखर नगरपालिका-८ गोपघाटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएकी शिखर नगरपालिका-७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको हो ।

उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

दिपायलबाट डडेल्धुरा जादै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले के.आई.सिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका–८ गोपघाटमा बुधबार दिउँसो करिब १ बजे कार्कीलाइ ठक्कर दिएको थियो ।

घटनापछि मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका-२ पुन्यपाटाका २५ वर्षीय ध्रुव कडायत र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?