+
+

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गते 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १५:०३

२१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गतेका लागि बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीको आसन्न महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको सहभागिता रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?