+
+
Shares

चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ : महामन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १७:४६

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताएका छन् ।

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनअघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए ।

‘नेपाली कांग्रेस पार्टी एक्लै चुनावमा रुख चिह्न लिएर खडा छ । यो एक्लै खडा भएको बेलामा त्यो दिन बिर्सिन मिल्दैन । हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ’, उनले भने ।

लामो समयसम्म यो क्षेत्रबाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएकामा अब इलामले काँध फेर्न खोजेको महामन्त्री शर्माले बताए ।

‘अब सुवास नेम्वाङज्यूको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नुहुनेछ’, उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?