+
+

सिटिजन्स बैंकका सीईओको वार्षिक तलब–भत्ता १ करोड ३२ लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १६:०६

२२ कात्तिक, काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक वर्षमा बैंकबाट करिब १ करोड ३२ लाख रुपैयाँ बुझेका छन् । कुल पारिश्रमिक तथा भत्ता वापत सीईओ पोखरेलले गत आर्थिक वर्ष २०७७÷७८ मा १ करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका हुन् ।

यस वापत उनको ६५ लाख ३३ हजार १ सय ७३ रुपैयाँ आयकर कट्टी भएको छ । बैंकका अन्य कार्यकारी तथा पदाधिकारीहरुको तलब भत्ताका लागि २ करोड ३० लाख २६ हजार ६ सय ४४ रुपैयाँ बैंकले एक वर्षमा खर्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?