+
+

चिनियाँ शहरमा कोभिडविरुद्ध ‘जनयुद्ध’ घोषणा

भाइरस फैलिनुको कारण बताउनेलाई पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १२:५८

२४ कात्तिक, काठमाडौं । चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित एक शहरले कोभिड-१९ विरुद्ध ‘जनयुद्ध’ घोषणा गरेको छ ।

हेइलोङजियाङ प्रान्तको हेइहे शहरका अधिकारीहरूले कोभिड-१९ विरुद्ध ‘जनयुद्ध’ शुरु गरेका हुन् । पछिल्लो समय कोरोनाभाइरसका नयाँ संक्रमित देखिन थालेपछि कोभिड-१९ विरुद्ध ‘जनयुद्ध’ शुरु गरिएको ग्लोबल टाइम्सले जनाएको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘जनयुद्ध’ आवश्यक भएको अधिकारीहरूको भनाइ छ ।

हेइहेका अधिकारीले पछिल्लो संक्रमणको कारक बनेको डेल्टा भेरियन्टको उद्गमस्थलबारे महत्वपूर्ण जानकारी दिने व्यक्तिलाई १ लाख युयान (१५ हजार ६४२ अमेरिकी डलर) पुरस्कार दिने समेत घोषणा गरेका छन् ।

त्यस्तै, हेइहे सरकारले भाइरस फैलिनुका संभावित कारण (जस्तै, अवैध शिकार, सीमा पार गरी माछा मार्ने तथा तस्करी) बारे जानकारी दिन समेत अनुरोध गरेको छ । कन्ट्याक्ट ट्रेसिङ लुकाउने वा नबताउने व्यक्तिलाई सजाय दिने समेत स्थानीय सरकारको भनाइ छ ।

सोमबारसम्म हेइहे शहरमा कोरोनाभाइरसका २४० जना नयाँ संक्रमित फेला परेका छन् । हेना, बेइजिङ, गाङ्सू र हेबेइमा नयाँ सक्रमित देखा परेपछि प्रान्तीय सरकारले कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिँदै नयाँ प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?