+
+

तस्वीरमा हेर्नुस् सर्वोच्च अदालतको ताजा दृष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ९:५८

२६ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने योजना बनाएका छन् । कानुन व्यवसायीहरुको यो योजना असफल बनाउन सर्वोच्च अदालत भित्र र बाहिर व्यापक मात्रा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

सर्वोच्च अदालतभित्र प्रवेश गर्ने भित्री गेटहरु बन्द छन् भने बाहिरको गेट अगाडि दंगा नियन्त्रणका उपकरणसहित ठूलो संख्यामा प्रहरीहरु तैनाथ भएको देखिन्छ ।

प्रधान्यायाधीश सर्वोच्च अदालतमा प्रवेश गर्ने महान्यायाधीवक्ताको कार्यालय छेउको गेट पनि बन्द देखिन्छ ।

कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्ने नेपाल बार एशोसिएसन तर्फको गेट बन्द गरिएको छ । महान्यायाधीवक्ताको कार्यालयतर्फबाट सर्वोच्च प्रवेश गर्ने अर्को गेट पनि बन्द छ । सर्वोच्च अदालतभित्रको सोधपुछ कक्ष लगायतका स्थान वरपर पनि प्रहरी परिचालन गरिएको देखिन्छ ।

सेवाग्राही र अन्य व्यक्तिहरु प्रवेश गर्ने माइतीघर–सिंहदरबार पश्चिम गेट सडकखण्डमा पर्ने गेट अगाडि सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?