+
+

एकता गर्न सम्भव हुने शक्तिसँग वार्ता गर्ने एकीकृत समाजवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १८:३०

२६ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले एकता गर्न सम्भव हुने शक्तिसँग वार्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय गरेको हो ।

‘कुनैपनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय भयो’, बैठकपछि जारी बक्तव्यमा भनिएको छ ।

विभिन्न दल र शक्तिहरुसँग भएको वार्ताबारे महासचिव डा.वेदुराम भुसालले तयार पारेको रिपोर्ट केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय समेत भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीति र संगठनात्मक अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

अध्यक्ष नेपालले कार्यकर्ता पंक्ति अब हुने सबै तहको चुनावमा जुट्नुपर्ने भएकाले आवश्यक योजना बनाउन पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?