+
+

बाला नलागेर पीडित किसानलाई बीउ बेच्नेबाटै क्षतिपूर्ति दिलाइने

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ कात्तिक २६ गते १७:५९

२६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा धानमा बाला नलागेका किसानहरुलाई सरकारले क्षतिपूर्ति दिने तयारी गरेको छ । क्षतिपूर्तिका लागि प्रविधिक टोलीले क्षतिको तथ्यांक संकलन गरिरहेको बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र ललितपुरको संयोजकत्वमा गठित प्राविधिक समितिले अहिले अध्ययन गरिरहेको केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले बताए ।

‘समितिको तथ्यांक आएपछि बीउ बिक्रेताबाट किसानलाई क्षतिपूर्ति भराइने छ,’ वरिष्ठ बाली विकास अधिकृत एवं सूचना अधिकारी आचार्यले भने ।

बीउ बिजनको प्रयोगबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति सम्बन्धी निर्देशिका-२०७३ अनुसार किसानलाई क्षतिपूर्ति दिलाउन लागिएको केन्द्रले जनाएको छ । ऐनअनुसार गलत बीउ विक्रीका कारण किसानलाई हानी नोक्सानी पुगे विक्रेतालाई क्षतिपूर्ति भराउने व्यवस्था छ ।

उसले अटेर गरे कारबाही गर्न सरकारले सक्नेछ । भक्तपुरमा दाना नलागेको धानको बीउ काष्ठमण्डप ट्रेड पोइन्ट काठमाडौंले उक्त बीउ ल्याएर बिक्री गरेको पाइएको छ । किसानलाई क्षतिपूर्ति दिन बीउ आयातकर्ताले केन्द्रसाग लिखित समझदारी गरेको पनि आचार्यले बताए ।

भक्तपुरको चाँगुनारायण ६, सूर्यविनायक ४ र ७ तथा काठमाडौंको बुढानीलकण्ठबाट अहिले  करिब ७ सय रोपनी क्षेत्रफलमा लगाएको धानमा यस वर्ष बाला नलागेको प्रारम्भिक विवरण केन्द्रलाई प्राप्त भएको छ । बाला नलागेको धानको बीउ डिवाइ-२८ जातको रहेको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ । भित्री मधेशको समुद्री सतहबाट ७ सय मिटरसम्मका लागि सिफारिस गरिएको धान किसान र बिउ बिक्रेताको असावधानीका कारण काठमाडौं उपत्याकमा लगाइएको पाईएको थियो ।

निर्देशिकाअनुसार मूल्याङ्कन समितिले गरे बमोजिमको क्षतिपूर्ति दिनु पर्छ,  नभए कानुनी कारवाही गरिन्छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?