+
+

कर्णालीका २ जिल्लामा कांग्रेस वडा अधिवेशन आज हुँदै

रासस रासस
२०७८ कात्तिक २७ गते ९:१८

२७ कात्तिक, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेशका सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांग्रेसको १४ औँ महाधिवशेनअन्तर्गत वडा अधिवेशन आज सम्पन्न हुँदैछ ।

क्रियाशील सदस्यतालाई लिएर विवाद बढेपछि यसअघि निर्धारित मितिमा हुन नसकेको यी जिल्लाको अधिवेशन आज हुन लागेको हो ।

अधिवेशनबाट वडाको नेतृत्वका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । सुर्खेतका ९९ वडा र डोल्पाका ६५ वडामा बिहान ८ बजेदेखि अधिवेशन सुरु हुँदैछ ।

नेपाली कांगे्रस सुर्खेतका सभापति कमलराज रेग्मीले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व र अधिवेशन प्रतिनिधि चयन गर्ने गरी सबै तयारी पूरा भएको जानकारी दिए ।

डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद थियो । जसले गर्दा यसअघि निर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?