+
+

अन्तर्राष्ट्रिय बक्सिङ महासंघ अध्यक्ष नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते ६:१३

२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन् ।

बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराए ।

त्यसअघि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले अध्यक्ष उमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उमारले हिमाल जस्तै नेपाली बक्सिङलाई पनि उचाइमा पुर्याउन सकिने बताउदै नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बक्सिङ संघका अध्यक्ष अवालेले आईबा अध्यक्ष नेपाल आउनु गर्वको विषय भएको बताउदै नेपाली बक्सिङको अवस्था बुझ्न उहाँलाई अझ सहज हुने बताए ।

नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक कमिटीको निमन्त्रणमा नेपाल आएका अध्यक्ष उमार बिहीबार दुबइ प्रस्थान गर्ने बक्सिङ संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?