+
+

कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र, तीन ठाउँमा मतदान केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १०:१२

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । यो जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन् ।

केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने अनुमान छ ।

मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृहमा मतदान केन्द्र तोकिएको छ ।

‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।

२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?