+
+
Shares

कांग्रेस महाधिवेशन : भोलिसम्म निर्वाचनको सबै परिणाम सार्वजनिक गर्ने तयारी

निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणनालाई तीव्रता दिएको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना २५ वटा समूह बनाएर तीव्र गतिमा भइरहेको छ।
  • निर्वाचन समितिका अनुसार बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना व्यवस्थित र मर्यादित रूपमा अघि बढिरहेको छ।
  • जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुला गरी सात केन्द्रीय सदस्य, तथा पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्यको गणना सम्पन्न भएको छ।

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ ।

बडादशैंलाई ध्यानमा राख्दै छिटो र प्रभावकारी रूपमा मतगणना सम्पन्न गर्न मंगलबार (आज) पनि २५ वटा समूह बनाएर विभिन्न पदको मत एकैसाथ गणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना व्यवस्थित र मर्यादित रूपमा अघि बढिरहेको छ ।

निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणनालाई तीव्रता दिएको उनको भनाइ छ ।

कटुवालले दुई क्लस्टरको मतगणना मंगलबार बिहान सम्पन्न भएको जानकारी दिए । उनले चार क्लस्टरको गणना जारी रहेको बताए । बाँकी छ क्लस्टरको मतगणना पनि सुरु गर्ने तयारी भइरहेको कटुवालले बताए ।

निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको हो । पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि सम्पन्न भएको छ ।

अहिले खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।

त्यसैगरी, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मत पनि गणना भइरहेको छ ।

मतगणनालाई थप गति दिन बाँकी क्लस्टरहरूको गणना पनि सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?