+
+
Shares
कांग्रेस महाधिवेशन :

उपसभापति र महामन्त्री पदको मतगणना अहिले ३ बजेबाट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १४:४९

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि मतगणना सुरु हुँदैछ ।

उपसभापति पदका लागि खसेको मतपत्रको गणना शनिबार दिउँसो ३ बजेबाट हुने भएको हो ।

निर्वाचन समितिले उपसभापति र महामन्त्री पदका उम्मेदवारसँगको छलफलमा दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो ।

बैठकमा सहभागी महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले दिउँसो ३ बजेदेखि मतगणतना सुरु हुने जानकारी दिए ।

उनले उपसभापतिको अन्तिम नतिजा आइसकेपछि महामन्त्री पदका लागि खसेका मतपत्रको गणना हुने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?