
१६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन र तालमेल नगर्ने बताएका छन् ।
नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनको बिहीबार जनकपुरधाममा उद्घाटन गर्दै उनले अब हुने निर्वाचनमा सबै स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेस आफैंले उम्मेदवारी दिने बताएका हुन् ।
देशले कांग्रेसको एकल सरकार आउनुपर्ने चाहना राखेको भन्दै निधिले चुनावमा बहुमत ल्याउन सबै कांग्रेस नेता कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताए ।
पार्टीको महाधिवेशन सकिएपछि निर्वाचनमा केन्द्रित हुन कार्यकर्तासँग आग्रह गर्दै निधिले संगठन सुदृढिकरण र आपसी एकता राखेर कांग्रेसलाई जिताउनुपर्ने धारणा राखे ।
‘सबैभन्दा जरुरी प्रदेश २ मा कांग्रेस जित्नु जरुरी छ’ उनले भने, ‘यो प्रदेशमा बहुमत नभए देशमा बहुमतीय सरकार बन्दैन । देशमा बहुमतको सरकार नबने संघीय गणतान्त्रिक व्यवस्थाको रक्षा हुन सक्दैन ।’
प्रतिक्रिया 4