+
+

कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजनालाई मंगलबार बिहान पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १७:५१

२१ मंसिर, रौतहट। प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।

चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजनालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् ।

मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?