+
+

विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १५:४९

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा अलग्गै उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रवक्ता शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमाा उम्मेदवारी घोषणा गरेका शर्माले देउवा पक्षको प्यानलमा पर्न नसकेपछि शेखर कोइरालाको प्यानलमा बस्ने पहल गरेका थिए ।

तर त्यो पनि सम्भव नभएपछि उनी अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?