+
+

शौर्य सिमेन्टद्वारा ५३  ग्रेडको सिमेन्ट उत्पादन 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १३:३२

काठमाडौं । उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्टले ५३ ग्रेडको मान्यता पाएको छ । नेपाली बजारमा आगमन गरेको छोटो समयमा नै यो उपलब्धि हात पार्न सफल भएको शौर्य सिमेन्टले विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

शौर्य सिमेन्टले पुस मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ ।

सिराहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओपीसी, पीएससी सिमेन्टहरु उत्पादन गर्दछ । आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा  रहेको उद्योगले नेपालमै पहिलो पल्ट लो अल्काली  सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको विज्ञप्तिमा उल्लेख छ।

लो अल्कली सिमेन्ट उत्त्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो रहेको कम्पनीको दावी छ । यसले दैनिक ७० हजार बोरासहित ३ हजार ५०० मेट्रिकटन उत्त्पादनको क्षमता राख्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?