
२८ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन शुरु गरेको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै कात्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म फाइजर बायोनटेकको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाउन शुरु गरेको हो ।
पहिाले मात्रा खोप लगाएका व्यक्तिहरुले पाटन अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाउन सकिने छ ।
मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।
हेर्नुहोस् खोप लगाउने तालिकाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4