+
+

अध्यादेशको विरोधमा लोसपाले गर्‍यो प्रदेश २ को प्रदेशसभा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १४:०३

२९ मंसिर, जनकपुरधाम । प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशको विरोधमा प्रदेश २ प्रदेशसभाको विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेशसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलहरुको तर्फबाट धारणा राखेपछि सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कृषि र विज्ञान प्रविधिसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । लगत्तै लोसपा सांसदहरुले प्रदेश बैठक अवरुद्ध गरेका हुन् ।

लोसपा सांसद परमेश्वर साहले प्रदेश सभा अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउनु अलोकतान्त्रिक रहेको भन्दै यसलाई दर्ता हुन नदिने बताए । उनले अध्यादेश फिर्ता नहुँदासम्म संसद चल्न नदिने पनि बताए ।

सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम भएको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिने भन्दै अवरोध नगर्न आग्रह गरेका थिए । तर लोसपा सांसदले अवरोध जारी राखेपछि प्रदेशसभा १५ मिनेटका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?