+
+

रेसुङ्गा विमानस्थल निर्माणको काम ८० प्रतिशत सकियो, डेढ महिनाभित्र निर्माण सक्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १४:२४

२९ मंसिर, गुल्मी । निर्माणाधिन गुल्मीको रेसुङ्गा विमानस्थलको काम झण्डै ८० प्रतिशत सकिएको छ ।

विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार बाँकी रहेको २० प्रतिशत काम आगामी डेढ महिनाभित्र सक्ने गरी अघि बढेको छ । पछिल्लो समयमा टर्मिनल भवन र धावन मार्गको काम भइरहेको उनले बताए । धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सकिएको उनको दावी छ ।

निर्माण व्यवस्थायीले विभिन्न कारण देखाएर धावन मार्गमा कालोपत्रे गर्ने काम प्रभावित बनेको थियो । तर नयाँ निर्माण व्यवसायीले कामको जिम्मा लिएर काम अघि बढाएकोले समयमै काम सकिने आशा जागेको रेसुङ्गा नगरपालिका–१० का वडाध्यक्ष पदमप्रसाद अर्यालले बताए ।विमानस्थल निर्माणका लागि बजेटको कमी नभएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीले कामले गति लिन नसकेको उनको भनाइ छ । विमानस्थल निर्माणमा सबैक्षेत्रको चासो बढेको भन्दै उनले अब निर्माण कार्यले गति लिने श्विास व्यक्त गरे ।

धावन मार्ग कालोपत्रे गर्नका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएकाले बीचमा कुनै अवरोध नआए अबको डेढ महिनाभित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी दिपक पाण्डेले बताए । निर्माणको जिम्मा लिएको एक हप्तामै आफूले धेरै काम अगाडि बढाएकाले अब केही दिनमै काम पुरा गर्ने उनको दावी छ ।

रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा निर्माणाधिन विमानस्थलमा २०७५ जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो । परीक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका थिए ।

विमानस्थलको टर्मिनल भवन निर्माणका लागि बिकोई श्रेष्ठ जेभीले ०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता गरेको थियो । धावन मार्गको निर्माणको काम भने रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपैयाँमा गरिरहेको छ । धावन मार्ग ५२० मिटर लम्बाई र २० मिटर चौडाइको रहेको छ ।

०६३ सालमा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेका थिए । शिलान्यास भएको ९ वर्षपछि निर्माणको कामले निरन्तरता पाएको हो । निर्माणाधिन विमानस्थलको कुल क्षेत्रफल १५६ रोपनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?