+
+

आर्मी र सातदाेबाटाेले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १५:१७

२ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा उपाधि हाेडमा रहेकाे त्रिभुवन आर्मी फुटबल क्लब र नवप्रवेशी सातदाेबाटाे युथ क्लबले अंक बाँडेका छन् । दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

जारी लिगमा तेस्राे बराबरी खेलेकाे आर्मीलाई सातदाेबाटाेसँगकाे बराबरी एएफसी कप क्वालिफायरमा छनाेट हुन र उपाधि रेसमा रहन महँगाे पर्न सक्छ ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बिहीबारकाे प्रि म्याच कन्फ्रेन्समा सातदोबाटो अन्डर डग टिमकाे रुपमा देखा परेको र बलियाे टिम रहेकाे बताएका थिए । उनले लिग उपाधिकाे रेसमा रहेकाेले ३ अंककै लागि खेल्ने बताएका थिए ।

यस्तै सातदाेबाटाेका सहायक प्रशिक्षक सुरज महर्जनले पनि आर्मी बलियाे टिम रहेकाे भन्दै यसअघिका कमजाेरीलाई सुधार गर्दै आर्मी विरुद्ध ३ अंककै लागि खेल्ने बताएका थिए ।
दुवै टिमले आक्रमक सुरुवात गर्दै सुरुकाे १६ मिनेट भित्रै गाेल गरे । तर ३ अंक भने दुवै टिमले जाेड्न सकेनन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलकाे १० औं मिनेटमै दिनेश हेन्जनले गाेल गर्दै आर्मीलाई पहिले अग्रता दिलाएका थिए ।

टेकबहादुर बुढाथाेकीकाे क्रसमा कप्तान जर्ज प्रिन्स कार्कीले मिलाएकाे पासमा दिनेशले सहजै गाेल गरे । नियमित कप्तान भरत खवास पहिलाे राेजाइमा नखेलेपछि जर्ज प्रिन्सले आर्मीकाे कप्तानी सम्हालेका थिए ।

आर्मीले अग्रता लिएर सम्हालिन नपाउँदै सातदाेबाटाेले ६ मिनेटपछि नै बराबरी गाेल फर्कायाे ।
१६ औं मिनेटमा विदेशी खेलाडी अजयी मार्टिन्सले सनतदाेबाटाेका लागि गाेल गरे । गाेलकिपर अभिषेक बरालले चलाखीपूर्वक दिएकाे लामाे पासमा मार्टिन्सले काउन्टर अट्याकमा गाेल गरे । आर्मीका दुई सेन्टर ब्याक विमल पाण्डे र विकास तामाङले मार्टिन्सलाई राेक्न सकेनन् ।
त्यसपछि पहिलाे हाफमा दुवै टाेली गाेल थप्न प्रयासरत थिए । पहिलाे हाफकाे इन्जुरी टाइममा आर्मीका कप्तान जर्ज प्रिन्सले पेनाल्टी बक्सकाे एजबाट हानेकाे पावरफुल सट सातदाेबाटाेका गाेलकिपर अभिषेक बरालले डाइभ गर्दै बचाएका थिए ।

दाेसाे हाफमा पनि दुवै टाेलीले अग्रता लिने प्रयास जारी राख्याे । ६६ औं मिनेटमा सातदाेबाटाेले दुई अवसर गुमायाे । पासाङ लामाकाे पासमा पेनाल्टी बक्समा रहेका निरज चाैधरीले बललाई पाेष्टकाे दिशा दिन सकेनन् । यस्तै कप्तान मान बहादुर तामाङकाे पासमा आदित्य शाक्सले पेनाल्टी बक्स बाट हानेकाे फ्रि हेडर आर्मीका गाेलकिपर विकेश कुथुले सहजै बचाए ।

६९औं मिनेटमा आर्मीका सन्ताेष तामाङकाे प्रहार पाेष्टभन्दा थाेरैमाथिबाट बाहिरिँदा अग्रता लिनबाट चुक्याे । दिनेश हेन्जनकाे ब्याक पासमा विवेक बस्नेतले मिलाएकाे बलमा सन्ताेषकाे प्रहार पाेष्टमाथिबाट बाहिरियाे ।

त्यसकाे चार मिनेटपछि सन्ताेषले अर्काे अवसर गुमाए । ७५ औं मिनेटमा गाैतम श्रेष्ठकाे क्रसमा सातदाेबाटाेका पिटर सेगुनले राेक्न नसकेकाे बलमा अनमार्क रहेका सन्ताेषले गाेल गर्न सकेनन् । उनकाे प्रहार आकाशिएकाे थियाे ।

तेस्राे बराबरीपछि आर्मी ५ खेलबाट ९ अंक जाेड्दै तेस्राे स्थानमै छ । यस्तै सातदाेबाटाे ५ खेलबाट ८ अंक जाेडेर चाैथाे स्थानमा उक्लेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?