+
+

‘रामप्यारी’ हिरोले खोले भक्तपुरमा ‘माछा हाउस’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १५:४४

७ पुस, काठमाडौं । चलचित्र ‘रामप्यारी’मा काम गरेका कलाकार आभास अधिकारी व्यवसायमा लागेका छन् । उनले भक्तपुरमा ‘माछा हाउस’ शुरु गरेका छन् । उनको ‘माछा हाउस’को नायिका पूजा शर्माले उद्घाटन गरेकी हुन् ।

पहिलो चलचित्रमा काम गरेपनि सफलता नपाएपछि व्यवसय शुरु गरेको आभासले बताए । आफूले पहिलो चलचित्रमा नै न्याय गर्न नसकेको उनको भनाइ छ ।

त्यसैले अब चलचित्रका लागि आफूलाई तयार नगरेसम्म काम माग्दै नहिँड्ने बताउँदै उनले भने, ‘मैले कुनै पनि चलचित्रमा काम गर्दा त्यसलाई न्याय गर्न सक्नुपर्छ । चलचित्रको लागि काम त मागुँला, तर मैले न्याय गर्न सकिनँ भने त्यसको अर्थ हुँदैन ।’ चलचित्र क्षेत्रमा कोही पनि आफ्नो नहुने समेत उनले बताए ।

नायिका पूजा शर्माले आभासलाई व्यवसायमा सफलताको शुभकामना दिएकी थिइन् । अभिनेत्री रेखा थापाकी दिदीको छोरा समेत रहेका आभासलाई शुभकामना दिँदै पूजाले भनिन्, ‘रेखा दिदीको साथ र मेरो शुभकामना आभासलाई छ । चलचित्रमा लागेर पनि कुनै न कुनै व्यवसायमा जोडिनु राम्रो कुरा हो ।’

पूजाले आफूले भने चलचित्र बाहेक अन्य व्यवसायको विषयमा अहिले नसोचेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?