+
+

एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १३:५६

६ पुस, जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको विकासका लागि राम्रो भएकाले यससम्बन्धी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको भएको बताएका छन् ।

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनका निम्ति जनकपुरधाम आएका गृहमन्त्री खाणले मंगलबार बिहान पत्रकारसँग छोटो कुराकानी गर्दै संसदमा एमसीसी सम्झौता अगाडि बढाउनु गलत नभएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले यसलाई अगाडि बढाउन सहमतिको प्रयास भइरहेको बताए । यद्यपि, प्रस्ताव अगाडि बढ्ने वा पारित हुने स्थितिबिना रणनीतिक रुपमा अगाडि बढाउँदा समस्या हुने भएकाले सहमतिको प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?