+
+

राष्ट्र बैंकले भन्यो–आयातमा कडाइ गर्ने नीति लामो समयका लागि होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १८:०८

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा गरिएको कडाइ लामो समयका लागि नभएको प्रष्टीकरण दिएको छ ।

पछिल्लो समय आयात आक्रामक रुपमा बढ्दा त्यसको असर मुलुकको अर्थतन्त्रमा नकरात्मक परेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको छ ।

राष्ट्र बैंकले आयात निरुत्साहित गर्न प्रतीतपत्र खोल्नुअघि नै तोकिएका वस्तुमा तोकिएको दरमा अनिवार्य नगद जम्मा गर्नुपर्ने नयाँ नीतिगत प्रबन्ध गरेको थियो ।

बुधबार आर्थिक पत्रकारहरुसँगको छलफलमा राष्ट्र बैंकले आयतमा गरिएको कडाइबारे प्रष्टीकरण दिँदै यो नीति लामो समयका लागि नभएको बताएको हो ।

राष्ट्र बैंकका विभागीय प्रमुख रामु पौडेलले बैंकिङ क्षेत्रमा लगानी योग्य रकम (तरलता) को अभाव रहेको र विदेशी विनिमय सञ्चिति धेरै घटेकाले यस्तो व्यवस्था गरिएको बताए । उनले अर्थतन्त्र सहज हुने वित्तिकै नीति फिर्ता हुनसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative