+
+

प्रदेश १ मा सत्ता गठबन्धनको प्रतिवद्धता : चैतभित्र सबैलाई कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १९:३७

१० पुस, विराटनगर । प्रदेश १ को सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका प्रतिनिधि सहभागी राजनीतिक संयन्त्रले प्रदेश सरकारलाई न्यूनतम साझा कार्यक्रम बुझाएको छ ।

नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाको नेतृत्वमा गठित उक्त कार्यदलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरु सदस्य थिए ।

उक्त कार्यदलले मुख्यमन्त्री राजेन्द्र राईलाई बुझाएको प्रतिवेदनमा आगामी चैत महिनाभित्र लक्षित उमेर समूहका सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै राजनीतिक आन्दोलनमा घाइते भएकाहरुको परिवारका सदस्यलाई रोजगारी दिने पनि कार्ययोजनामा प्रतिवद्धता जनाइएको छ ।

कोभिड – १९ उपचारमा खटिएकाहरुका लागि प्रोत्साहन भत्ता, प्रदेशको नामाङ्कन, राहत कार्यक्रम, संघीयताको कार्यान्वयन र सुशासन कायम गर्ने पनि पाँच दलीय गठबन्धनले प्रतिवद्धता जनाएको छ ।

‘सहमति सहकार्य, जवाफदेही, उत्तरदायी, कानुनी शासन, पारदर्शी, समतामूलक समावेशीसहित सुशासित प्रदेश १’ नारा समावेश न्युनतम साझा कार्यक्रममा प्रदेशको अल्पकालीन र दीर्घकालीन महत्वका विषय समावेश गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्र राईले कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारको नीति बनाएर कार्यान्वयनमा लैजाने बताए । ‘यसलाई आधार बनाएर सरकारले नीति कार्यक्रमहरु अगाडि बढाउनेछ,’ उनले भने,‘ छुटेका विषयहरु थपेर कार्यान्यनमा जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?