+
+

सेन्ट्रल जोन फाइनलमा नेपाल उज्वेकिस्तानसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:५०

१२ पुस, काठमाडौं। साविक विजेता नेपाल बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित हात पारेको छ ।

यसअघि नै फाईनल पुगिसकेको नेपालले ढाकामा सोमबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा मीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै अपराजित रहेको हो ।
नेपालले कीर्गिस्तानलाई २५-८, २५-१४, २५-१६ ले पराजित गरेको हो।

अपराजित नेपालले अब उपाधिका लागि फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानले सोमबारै भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-२ को सेटमा हराएर फाईनलमा स्थान बनाएको हो।

अपराजित रहँदै ५ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा रहेको नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो भने दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-०, तेस्रो खेलमा बंगलादेशलाई ३-० र चौथो खेलमा उज्वेकिस्तानलाई पनि ३-० कै सेटमा हराएको थियो।

नेपाल र उज्वेकिस्तानबीचको लाईनल खेल मंगलबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?