+
+

काउटिन्होले लोनमा एस्टन भिल्लाबाट खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १७:०४

२३ पुस, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका फिलिप काउटिन्हो प्रिमियर लिगमा फर्केका छन् । काउटिन्होले प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट लोनमा खेल्ने भएका छन् ।

उनले सिजनको बाँकी अवधि एस्टन भिल्लाबाट खेल्ने विषयमा सहमति भएको एस्टन भिल्ला र बार्सिलोनाले जनाएको छ । त्यस विषयमा दुवै टोली सहमतिमा पुगेका छन् ।

अब काउटिन्होले अर्को ४८ घण्टामा मेडिकल टेस्ट हुनेछ ।

सन् २०१८ मा प्रिमियर लिग क्लब लिभरपुलबाट काउटिन्हो बार्सिलोना गएका थिए । तर उनले त्यहाँ सोचे अनुसार प्रदर्शन गर्न सकेनन् । ३ वर्षपछि काउटिन्हो प्रिमियर लिगमा फर्कँदा उनका पुराना सहकर्मी स्टेभेन जेरार्ड एस्टन भिल्लाका व्यवस्थापक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?