+
+

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १३:०३

२६ पुस, दाङ । दाङमा टिप्परको ठक्करबाट एक जना मोटर साइकल चाललको मुत्यु भएको छ ।

प्रहरीकाअनुसार घोराही उपमहानगरपालिका– ११ बुकालीडाँडा सडकमा लु.अअ.पु. १२५६ अस्थायी नम्बर भएको जिपलाई ओभरटेक गर्ने क्रममा रा १ प १८४० नम्बरको मोटरसाइकल सडकमा पल्टिन पुगेको थियो । सोही समयमा विपरीत दिशाबाट आइरहेको ना ६ ख ५३१२ नम्बरको टिपरले उक्त मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१० का ५३ वर्षीय पदम बस्नेत घाइते भएका थिए ।

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा उपचारकाक्रममा शनिबार साँझ मुत्यु भएको ट्राफिक प्रहरी प्रमुख थम्मन जिसीले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका टेकबहादुर बस्नेतको कोहोलपुरमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?