+
+

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

रासस रासस
२०८१ वैशाख २ गते १९:११

२ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबार गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त–९  का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको छ ।

‘महिलाको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ’, प्रवक्ता जोशीले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?