+
+

सुरज भन्छन्- ‘परस्त्री’ नेपालमा अहिलेसम्मकै नयाँ कथामा बन्नेछ 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १२:५१

२७ पुस, काठमाडौं । चलचित्र ‘लभ लभ लभ’को गीत रिलिजको समयमा डेब्यु अभिनेता सुरज पाण्डेको धेरैले आलोचना गरे । सुरज र चलचित्रकी नायिका स्वस्तिमा खड्काको जोडी नसुहाएको समेत टिप्पणी भयो । तर, चलचित्र रिलिज भएपछि भने दर्शक र समीक्षकले सुरजको कामको प्रशंसा गरे ।

‘लभ लभ लभ’मा काम गरेपछि सुरजले आफूलाई अभिनेताको रुपमा भन्दा मेकरको रुपमा अगाडि बढाए । निर्देशक दीपेन्द्र के खनालको साथमा सुरजले चलचित्र निर्देशन र निर्माण पनि सिके ।

दीपेन्द्रसँग उनले ‘आमा, चिसो मान्छे’ लगायतका चलचित्रमा मेकिङको पाटो सम्हाले । अब भने सुरज आफैं निर्देशकको रुपमा दर्शकमाझ आउने तयारीमा छन् । उनले निर्देशन गर्न लागेको डेब्यु चलचित्र ‘परस्त्री’को घोषणा भएको छ । चलचित्रको घोषणा कार्यक्रममा सुरजले भने, ‘यो चलचित्र अहिलेसम्म नेपालमै नबनेको कथामा बन्नेछ । यसलाई हामी डार्क थ्रिलर कथामा बनाउँदैछौं ।’

सुरजले अब आफू चलचित्र निर्देशन र निर्माणमा नै अगाडि बढ्ने भन्दै अभिनय नगर्ने बताएका छन् । चलचित्रलाई नेपाली र हिन्दी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । डीएस डिजिटलको ब्यानरमा बन्न लागेको यो चलचित्रको शीर्ष भूमिकामा कोशिश क्षेत्री छन् । चलचित्रका लागि केही कलाकारको खोजी भइरहेको छ ।

२२ देखि २७ वर्ष उमेरका एक पुरुष कलाकार, २२ देखि ३० वर्ष उमेरकी एक महिला कलाकार र २० देखि २५ वर्ष उमेरकी एक महिला कलाकार चलचित्रका लागि खोजिएको छ ।

चलचित्रलाई लिएर डेब्यु निर्देशक सुरज पाण्डे उत्साहित र आत्मविश्वासी देखिएका छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?