+
+

रंगशालामा फुटबल हेर्न जान खोप कार्ड अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १३:३४

३० पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका खेलहरु दशरथ रंगशालामा गएर हेर्ने दर्शकले अब खोप कार्ड देखाउनुपर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीले ए डिभिजन लिगका खेल हेर्ने दर्शकको लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको व्यक्ति हुनुपर्ने निर्णय गरेको हो ।

अब दर्शकले मैदान प्रवेश गर्नुअघि नै खोप कार्ड देखाउनु पर्नेछ । यस्तै रंगशालाको गेटमा दर्शकको तापक्रम पनि नापिनेछ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले रंगशाला लगायत भिडभाड हुने सार्वजनिक स्थलमा जादा खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरस संक्रमण बढे पनि खेलकुद गतिविधि भने रोकिएको छैन । लिगको नवौँ चरण शुक्रबार देखि शुरु भएको छ । नवौं चरणको पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा खेलिरहेका छन् ।

शुक्रबार दोस्रो खेल मनाङ मर्स्याङ्दी र सातदोबाटो युथ क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?