+
+

संकटा प्रशिक्षक विष्णु गुरुङ राष्ट्रिय टिमको प्रशिक्षण टोलीमा समावेश

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १७:२३

४ माघ, काठमाडौं । ए डिभिजन क्लब संकटाका प्रशिक्षक विष्णु गुरुङ राष्ट्रिय फुटबल टिमको प्रशिक्षण टोलीमा समावेश भएका छन् । पहिलो पटक ए डिभिजन लिगको प्रशिक्षकको रुपमा काम गरेका विष्णुलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रुपमा आबद्द गराएका हुन् ।

प्रशिक्षक अलमुताइरीले एन्फासँग सिफारिस लिएर टिममा राखेको बताएका छन् । राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा यसअघिनै प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

प्रशिक्षक अलमुताइरीले विष्णु गुरुङलाई मरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि दोस्रो सहायक प्रशिक्षकको रुपमा राखेको बताए । यही माघ १५ र १८ गते दशरथ रंगशालमा मरिसस विरुद्ध हुने खेलमा लागि मंगलबारदेखि नेपाली टिमको बन्द प्रशिक्षण शुरु भएको छ ।

अलमुताइरीले विष्णु गुरुङसँग आफ्नो ज्ञान बाँड्न चाहेको र उनले केही पक्षमा सुधार गरेका भविष्यमा राम्रो प्रशिक्षक बन्न सक्ने बताएका छन् ।

यस्तै प्रशिक्षक गुरुङले राष्ट्रिय टिमको प्रशिक्षक टोलीमा समावेश हुँदा आफ्नो लागि सिक्ने अवसर हुने र सम्मानित महसुस भएको बताए । ‘एकदमै उत्साहित छु । सम्मानित भएको महसुस गरेको छु । जुन कुरा सिक्न पाएको थिइनँ, सिक्न इच्छुक थिए । अब्दुल्लाह सरले बोलाउनुभएको छ । यसको लागि एन्फा र प्रशिक्षकलाई धन्यवाद,’ गुरुङले भने, ‘मेरो एउटा सपना हो । र, यो एउटा शुरुआत हो । मैले अझै कम गर्नु पर्नेछ ।’

मुख्य प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणमा कुल ३५ खेलाडी बोलाएपनि केही खेलाडीमा भने कोरोना संङ्क्रमण भएकोले उपस्थित छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?