+
+

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भुजेललाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १५:२७

५ माघ, गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी झपट भुजेललाई सम्मान गरिएको छ ।

बुधबार जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा भुजेललाई लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य कृष्णप्रसाद भण्डारीलगायतले सम्मानपत्रसहित सम्‍मान  गरेका हुन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ का निवासी भुजेल सन् १९८६ मा सम्पन्न भएको एसियाली र सन् १९८८ मा सम्पन्न अर्न्तराष्ट्रिय ओलम्पिकमा नेपालको तर्फबाट सहभागी भएका थिए ।

उनी खेल खेल्नको लागि पटकपटक हङकङ, चीन, थाइल्याण्ड, मलेसिया, बेलायत र स्कटल्याण्डमा पुगेर च्याम्पियन बन्दै गुल्मीसहित समग्र नेपालको शिर उच्च राखेको भन्दै भुजेललाई जिल्ला विकास समिति गुल्मीकोतर्फबाट सम्मान गरिएको कार्यालय प्रमुख डिल्ली बिकले जानकारी दिए । बक्सिङ खेलमा अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित खेलाडी भुजेल ३५ वर्षदेखि निरन्तर खेल क्षेत्रमा क्रियाशील छन् ।

सम्मान गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य कृष्णप्रसाद भण्डारीले चर्चित बक्सिङ खेलाडी भुजेलले बक्सिङ मात्र नभई गुल्मी जिल्लामा हरेक विधाका खेलहरु अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले खेलाडी बीचमै विस्थापित हुनु परेको अवस्थामा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भुजेल गुल्मीको शिर उच्च राख्न निरन्तर खटेको बताएका थिए ।

खेलप्रति उत्साह बोकेको खेलाडी निरुत्साहित हुने अवस्था नेपालमा भएको भन्दै यसको अन्त्यका लागि अन्तर्राष्ट्रिय अनुभव बटुलेका बक्सिङ खेलाडी भुजेललाई आफ्नो ठाउँबाट प्रयास गर्न लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य समेत रहेका भण्डारीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?