+
+

ओलम्पिक छनोटको तयारीका लागि बक्सिङ टोली भारत जाने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १९:२०

२९ माघ, काठमाडौं । इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ ।

ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुनेछ ।

हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अञ्जली तेली सहभागी हुने छन् । प्रशिक्षकमा पूर्णबहादुर लामा छन् ।

टोली दुई साता भारतमा प्रशिक्षणमा रहने नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।

टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?