+
+

राजदूत नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने सुनुवाइ समितिको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १६:१८
फाइल तस्वीर

५ माघ, काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने भएको छ । राजदूत सिफारिस समानुपातिक समावेशी नभएको भन्दै समितिले प्रधानमन्त्रीलाई उपयुक्त मितिमा बोलाएर जानकारी माग गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संविधानको धारा ४२ मा समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने उल्लेख छ । तर राजदूतलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्ति संविधानको मर्मअनुरुप समानुपातिक समावेशी नपाइएको समितिको निष्कर्ष छ ।

पछिल्लो पटक अमेरिका, भारत र बेलायतका राजदूतका लागि भएका सिफारिस पनि समावेशी नभएको भन्दै समितिका सदस्यहरूले प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?