
मतदान गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट ।
१२ माघ, धनगढी । राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सातवटै प्रदेशहरूमा मतदान जारी छ ।
सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् ।

सुदूरपश्चिममा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा छ ।
यसैगरी मधेश प्रदेशमा पनि मतदान जारी छ । मधेश प्रदेशमा नेकपा एमाले र लोसपाले गठबन्धन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4