+
+

पत्रकार विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीको ३२ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १४:५८

१२ माघ, काठमाडौं । उपचारको क्रममा मृत्यु भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन् ।

मन्त्री झाँक्रीले बुधबार ३२ हजार रुपैयाँ पत्रकार विश्वकर्माकी पत्नीलाई पठाइदिएको उनको सचिवालयले जनाएको छ । स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत माघ ६ बिहान निधन भएको थियो ।

पहिले मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा भर्ना भएका उनलाई अस्पतालले पाटन रिफर गरेको थियो । निजामती कर्मचारी अस्पतालले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको भन्दै आलोचना भइरहेको छ । यस विषयमा छानबिन गर्न अस्पतालले दिनेशकुमार लम्सालको स‌ंयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?