+
+

बलिउड अभिनेता रमेश देवको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते ७:४५

२० माघ, काठमाडौं । भारतका चर्चित अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

अमिताभ बच्चन, राजेश खन्ना लगायतका चर्चित कलाकारहरुसँगै अभिनय गरेका मराठी र बलिउड फिल्मका प्रसिद्ध अभिनेता रमेश देवको मुम्बईको धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो । चार दिनअघि मात्रै उनले आफ्नो ९३ औं जन्मदिन मनाएका थिए ।

उनले मराठी र हिन्दी फिल्महरुमा अभिनय गरेका छन् । ‘आरती’बाट हिन्दी फिल्ममा अभिनय यात्रा सुरु गरेका उनले धेरै फिल्महरुमा यादगार अभिनय गरेका छन् । सरस्वतीचन्द्र, आनन्द, आपकी कसम, मेरे सपने, तीन बहुरानीयाँ, पतीता, अन्धा मागता एक दोला (मराठी) लगायत फिल्म उनले अभिनय गरेका सम्झनलायक फिल्म हुन् ।

उनकी पत्नी सीमा देव पनि अभिनेत्री हुन् । उनका छोराहरू अजिंक्य देव र अभिनय देव पनि बलिउडमा अभिनेता र फिल्म निर्देशक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?