+
+

कालीगण्डकीमा निर्मित तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते ९:४४

२३ माघ, चितवन । स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कालिगण्डकी नदीमा बनाइएको यो पुलले स्याङ्जाको कालीगण्डकी-१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका-१ रिडीलाई जोड्ने गर्दछ ।

२०७१ साल असार १० गते नयाँ बाटो-रुबिना-मना-जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभाग अन्तर्गतको झोलुंगे पुल शाखासँग निर्माण सम्झौता गरेका थिए । सम्झौतामा ९ करोड ८८ लाख २६ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख थियो ।

झोलुंगे पुल शाखाका योजना प्रमुख भरत अर्यालका अनुसार सात वर्षपछि बल्ल पुल निर्माण सम्पन्न हुँदै छ । यसबीचमा तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले ९० प्रतिशत काम सकिएको र आगामी चैतभित्र निर्माण सम्पन्न हुने अनुमान गरिएको अर्यालको भनाइ छ ।

स्याङ्जा, पाल्पा र गुल्मी तीन जिल्लाको मध्यभागमा पर्ने गरी १७७ मिटर अग्लो मुख्य पिलर निर्माण गरिएको छ । तीन जिल्लाबाट लठ्ठा तानेर मुख्य पिलरमा जोडिएको छ । अब पुलमा सौर्यबत्ती जडान, रंगरोगन र पुलमा उक्लिने भर्‍याङ बनाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?