+
+
बैंकिङ शिक्षा ६ :

केवाईसी भनेको के हो ? बैंकमा किन यो अनिवार्य छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १६:५२

ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो । यसलाई अंग्रेजीमा नो योर कस्टुमर भनिन्छ । बैंकले आफ्ना ग्राहकको सम्पूर्ण विवरण राख्ने एक किसिमको फाराम हो । के.वाई.सी. नियम अनुसार बैंकहरूले आफ्ना ग्राहकको सम्पूर्ण जानकारी राख्नु पर्दछ ।

बैंकमा खाता खोल्दा अनिवार्य रूपमा केवाईसी. फाराम भर्नु पर्दछ । के.वाई.सी. फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ । बचत खाता खोल्न बचत खाता खोल्ने फाराम, फोटो र आवासको प्रमाण (जस्तैः धारा, टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।

त्यससँगै बैंकमा के.वाई.सी. फाराम भरेर खाता खोल्न सकिन्छ । यसरी बैंकले ग्राहकबाट धेरै सूचना वा जानकारी लिँदा आफ्ना ग्राहक बारे बैंकलाई धेरै जानकारी हुन गई बैंक ग्राहकसँगको सम्बन्ध र कारोबारमा ढुक्क हुन्छ । बैंकले ग्राहक पहिचानसँग सम्बन्धित विवरण राम्रोसँग राखेको छ भने आवश्यक परेको बेलामा ग्राहकलाई सजिलै सम्पर्क गर्न सक्दछ ।

बैंकिङ शिक्षा १ः

बैंकिङ शिक्षा २ः

बैंकिङ शिक्षा ३ः

बैंकिङ शिक्षा ४ः

बैंकिङ शिक्षा ५ :

बैंकिङ शिक्षा ६ :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative