+
+

विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले आईटी विज्ञसँग परामर्श गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १०:१४

२६ माघ, काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताए । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरुलाई बोलाइएको उनले जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘विद्युतीय मतदान देशैभरी गर्न नसके पनि केही स्थानमा गर्न सकिन्छ, एउटा-दुईटा जिल्लामा सम्भावना छ कि, सहरमा छ कि, नगरपालिकामा छ कि भनेर राय सल्लाह गर्न नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई बोलाइएको हो ।’

काठमाडौं उपत्यकाभित्र विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे आयोगमा छलफल चल्दै आएको छ । त्यसको सम्भावनाबारे अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ ।

कार्यदललाई आर्थिक र प्राविधिक पक्षबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ । आर्थिक र प्राविधिक दृष्टिकोणले विद्युतीय मेसिन प्रयोग गर्न उपयुक्त देखिएमा राजनीतिक सहमति कायम गरेर अघि बढ्ने आयोगको तयारी छ ।

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?