+
+

निर्वाचन आयोगले माग्यो सुझावः राज्य कोषबाट दलहरूलाई अनुदान दिंदा के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:४९

८ चैत, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ संशोधन गर्नका लागि मस्यौदा बनाउँदै छ । यसका लागि आयोगले बिहीबार सुझाव माग गरेको हो ।

आयोगले दल दर्ता, राजनीतिक दलको विधान, दलका पदाधिकारीको निर्वाचन, दलको संरचनामा समावेशिताको विषय, महिलाको प्रतिनिधित्व लगायतका विषयमा के–कस्ता प्रावधान राख्ने भनी सुझाव मागेको छ ।

राजनीतिक दलले प्राप्त गर्ने आर्थिक सहयोग, लेखा परीक्षण, राज्य कोषबाट दलहरूलाई अनुदान दिने लगायतका विषयमा दल तथा सरोकारवालाबाट चासो प्रकट हुँदै आएको आयोगले बताएको छ । यी लगायतका विषयमा के गर्दा उपयुक्त हुन्छ, भनी आयोगले सुझाव मागेको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार राजनीतिक दल, नागरिक समाज, आम सञ्चार तथा सरोकारवालाहरूले इमेल वा पत्रमार्फत आफ्ना सुझाव दिन सक्नेछन् ।

पाण्डेयका अनुसार राजनीतिक दल सम्बन्धी ऐन संशोधनका लागि निर्देशक समिति र मस्यौदा समिति गठन गरेर काम अगाडि बढाइएको छ । दुवै समितिले प्राप्त गरेका सुझावका आधारमा मस्यौदालाई अन्तिम रुप दिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?