+
+

इन्क्युबेसन सेन्टर स्थापना गर्न एमओयू

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १८:३८

एआईटीएम कलेजले इन्क्युबेसन सेन्टर स्थापना गर्नको लागि ग्लोबल इक्विटी फण्ड-नेपालमा रहेको पहिलो इजाजतपत्र प्राप्त निजी इक्विटी र भेन्चर क्यापिटल फन्डसँग एमओयूमा हस्ताक्षर गरेको छ। ग्लोबल इक्विटी फण्डको तर्फबाट फाउन्डिङ म्यानेजिङ पार्टनर डा. मनिष थापाले एमओयूमा हस्ताक्षर गरे ।

“ग्लोबल इक्विटी फण्ड एआईटीएम कलेजका विद्यार्थीहरूसँग काम गर्न र एआईटीएम कलेजको इन्क्युबेशन सेन्टरबाट निस्कने उद्यमलाई फण्ड गर्न उत्साहित छ,” डा. थापाले भने ।

एआईटीएम कलेजको प्रतिनिधित्व कलेजका सीईओ डा. रोशन राठीले गरेका थिए ।डा. रोशन राठी भन्छन्, “ग्लोबल इक्विटी फण्डसँग साझेदारी गर्नुको हाम्रो उद्देश्य हाम्रा विद्यार्थीहरूलाई उनीहरूको नवीन व्यवसायिक विचारहरू पिच गर्न र तयार पार्ने प्लेटफर्म दिएर उद्यमशीलतालाई प्रवर्द्धन गर्नु हो।”

इन्क्युबेसन सेन्टरले एमबीएका विद्यार्थीहरूका साथै स्नातक कार्यक्रमका विद्यार्थीहरूको प्रारम्भिक चरणहरूमा रहेको व्यवसायलाइ विकास गर्न मद्दत गर्नेछ। इन्क्युबेसन सेन्टरले उनीहरूलाई फण्डिगका अवसरहरू पनि प्रधान गर्नेछ।

‘हामीले विद्यार्थीहरूलाई डिग्रीको लागि मात्र पढाउँदैनौं। हामी उनीहरूलाई कर्पोरेट एक्सपोजर, सीपमा आधारित शिक्षा प्रदान गर्न र उनीहरूलाई ग्लोबल मार्केटको लागि तयार पार्न चाहन्छौं। यो एमओयू एआईटीएम कलेजको यस्तै धेरै पहलहरू मध्ये एक हो,’ एआईटीएम कलेजका सीएमओ सुशील बुढाथोकी थप्छन् ।

एआईटीएम कलेजले हाल १ मास्टर्स स्तर कार्यक्रम, २ स्नातक कार्यक्रम र १० प्लस २ (विज्ञान / व्यवस्थापन) प्रदान गर्छ। यी कार्यक्रमहरूमध्ये अन्तर्राष्ट्रिय एमबीए र बीएससी कम्प्युटिङ र आईटी बर्मिंघम सिटी युनिभर्सिटी, यूकेद्वारा मान्य छन् र बीएचएम अन्तर्राष्ट्रिय व्यवस्थापन संस्थान, स्विट्जरल्याण्डसँग सम्बद्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?