+
+

‘प्रेमगञ्ज’मा बेनिशाको बोल्ड लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ९:५१

३ फागुन, काठमाडौं । नायिका बेनिशा हमाललाई ‘मैना’को रुपमा प्रस्तुत गर्दै फिल्म ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले भ्यालेन्टाइन्स डेको दिन पारेर बेनिशाको बोल्ड लुक्स सार्वजनिक गरेको छ ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक सेनले बताएका छन् । ‘अवस्था अनुकूल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौं,’ सेनले भने, ‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौं ।’

बैंकर तेज गिरीले यही फिल्मबाट डेब्यु गर्दैछन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायतको अभिनय छ । सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीले पनि अभिनय गरेका छन् ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा डेढ करोड लगानी भएको निर्माण पक्षले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?