+
+

युक्रेन संकटलाई वार्तामार्फत् हल गर्ने आशा जीवितै, अमेरिकासँग कुरा गर्न रुस तयार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १२:१२

३ फागुन, काठमाडौं । रुसले पश्चिमी मुलुकसँग कूटनीतिक वार्ता गरेर युक्रेन संकट हल गर्न तयार रहेको बताएको छ ।

सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा विदेशमन्त्री सर्गेई ल्याभरोभले पश्चिमी मुलुकसँग कूटनीतिक वार्ता गरी युक्रेन संकट हल गर्न तयार रहेको बताएका हुन् । युक्रेनलाई लिएर पश्चिमी मुलुकसँग सहमति गर्ने संभावना सँधै रहेको ल्‍याभरोभको भनाइ थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले‍समेत युक्रेनलाई लिएर पश्चिमी मुलुकसँग थप कुराकानी गर्न रुस तयार रहेको र आफूहरूले केही सैन्य अभ्यास अन्त्य गर्न लागेको बताए ।

‘राष्ट्रपति पुटिनले सँधै वार्ता एवं कूटनीतिको माग गरिरहनु भएको छ’, पेस्कोभले भने । युक्रेन रुसी महासंघको सुरक्षा सुनिश्चिततासँग जोडिएको समस्याको अंश मात्रै भएको र वार्ता गर्न पुटिन तयार रहेको उनको भनाइ थियो ।

यसैबीच, अमेरिका र बेलायतले समेत युक्रेन संकटलाई कुटनीतिमार्फत् समाधान गर्ने आका जीवितै रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई लिएर रुससँग सहमति हुने सम्भावना अझै रहेको बताएका हुन् । तर दुवै नेताले त्यस्तो सहमति लामो समय टिक्न नसक्ने आशंका समेत व्यक्त गरेको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा थप हस्तक्षेप गरे जारी संकट थप लम्बिने पनि बाइडेन र जोनसनको भनाइ थियो । ‘दुवै नेताले युक्रेनमा थप हस्तक्षेप भए रुसका लागि संकट थप लम्बिने छ भने यसले रुस र सारा विश्वलाई पछिसम्म हानि गर्ने छ’, डाउनिङ स्ट्रिटले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?