+
+

नेप्से परिसूचक १९.८४ अंकले घट्यो, सेयर कारोबार पनि खुम्चियो 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १५:३१

४ फाुगन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच सेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ ।

बुधबार १९.८४ अंकले घटेको बजार २७३४.४४ विन्दुमा आएर रोकिएको छ । एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो ।

बुधबार कुल २३१ कम्पनीको ३९ हजार ६ सय ६८ वटा कारोबारबाट ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर मात्र किनबेच भएको छ । बुधबार कारोबार रकम ३ अर्ब २ करोड ६३ लाख रुपैयाँ मात्र भएको छ ।

बुधबार अन्य र जीवन बीमा उपसमूहबाहेक सबै उपसमूह राताम्य भए । घटेको बजारमा समेत बुधबार गुराँस लघुवित्त, ज्योती लाइफ इन्स्योरेन्ससहितका कम्पनीको मूल्य घेरै बढ्यो । बुद्धभूमि नेपाल हाइड्रो, मैलुङखोला जलविद्युत, सिंगटी जलविद्युतसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?