+
+

शुक्रबार पनि बढ्यो सुन चाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते ११:५४

६ फागुन, काठमाडौं । शुक्रबार पनि सुन चाादीको मूल्य बढेको छ । बिहीबार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ तोकेको छ भने तेजावी सुनको मूल्य आज ९६ हजार रुपैयाा छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार एक सय  र तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाामा कारोबार भएको थियो ।

आज चाँदीको प्रतितोला मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार १३ सय ९५ रुपैयाँ प्रतितोला चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?