+
+

कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ९:४१

८ फागुन, धनगढी । कञ्चनपुरमा भालुुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका-५ वनदेवी मन्दिरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जुम्लाको कन्कासुन्दरी गाउँपालिका-६ स्थायी घर भएर हाल कैलालीको गोदावरी नगरपालिका- २ अत्तरिया बस्ने ५७ वषर्ीय बृख कामी रहेका छन् ।

उनको साथबाट भालुको ९२ ग्राम पित्त र २४ ग्राम यार्सागुम्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

यस्तै कामीको अत्तरियास्थित डेरा कोठाबाट समेत थप ५०० ग्राम यार्सागुम्बा पनि बरामद गरेर उनीमाथि अनुसन्धान भइरहेको बलमे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?