+
+

लोपोन्मुख सालकको संरक्षणमा विद्यार्थीहरुको सक्रियता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ९:४३

८ फागुन, काठमाडौं । उदयपुरमा लोपोन्मुख सालकको संरक्षणमा प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरु जुटेका छन् । बन्यजन्तु संरक्षण समाज कटारी उदयपुरमा आवद्ध विद्यार्थीहरुले शनिबार अन्र्तराष्ट्रिय सालक दिवश १९ फेब्रुअरीको अवसर पारेर कटारीमा जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेका छन् ।

विश्वमा ८ प्रजातिको सालकहरु पाईने र त्यसमा नेपालमा दुई प्रकार तामे र कालो जातको सालक पाईन्छ । बन्यजन्तु संरक्षण समाज कटारीका संयोजक विशाल भण्डारीका अनुसार जनचेतनामूलक र्याली सहित , पर्चा पम्ल्पेट टाँस्ने तथा जनचेतनामूलक भिडियो प्रदशर्नी गरिएको हो । समाजले यसको अध्ययन अनुसन्धान गरिरहेको भण्डारीले बताए ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारी उदयपुरको सहयोगमा समाजले सालकसम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको हो । सालक नेपालको संरक्षित जनावर हो । वासस्थान विनाश र अवैध चोरी शिकारीका कारण नेपालमा सालक लोप हुँदै गएको छ । उदयपुरमा पनि सालक पाईने गरेको र हाल लोपहुँदै गएको सितापोखरी सामुदायिक बन उपभोक्ता समूह कटारी २ का अध्यक्ष रामप्रसाद गौतमले बताए ।

सालकको चोरी शिकार, व्यापार वा हानी गरे ५ देखि १० लाख जरिवाना ५ देखि १५ वर्षसम्म कैदको व्यवस्था रहेको छ । नेपालमा यी सालकहरु चुरे पहाडको छेउछाउ तथा महाभारश्रृखंलाका भित्री खोंचहरुमा समेत सालक पाईने गरेको छ ।

सालक किसानको साथी भएपनि हालसम्म यसको संरक्षणका लागि कार्यालयले समेत केहि गर्न सकेको छैन् । बजेट अभावमा यसको संरक्षण गर्न नसकिएको डिभिजन बन कार्यालय त्रिवेणीका सहायक बन अधिकृत भोगेन्द्र मण्डल बताउँछन् ।

सूचिकृत भए अनुसार धादिङ्ग , काभ्रेपलाञ्चोक , गोर्खा , रामेछाप , संखुवासभा र सिन्धुलीमा सालक पाईन्छ । उदयपुरको चुरेक्षेत्रका बनहरुमा समेत सालक पाईने गरेको अध्ययनले देखाएको विद्यार्थीहरु बताउँछन् । समाजले गरेको अध्ययन अनुसन्धानबाट जिल्लामा सालक पाईने गरेको विद्यार्थीहरुले बताए । संरक्षणमा विद्यार्थीहरु जुटेपनि सम्बन्धित सरोकारवाला निकाय वन समूहहरु तथा बन कार्यालयले समेत ध्यान नजाँदा संरक्षणमा चुनौती देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?