+
+

निखिल र सलोनपछि सारालाई अनमोलको आशा !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १२:५९

१० फागुन, काठमाडौं । अभिनेत्री सारा सिर्पालीको विषयमा चलचित्रकर्मीको टिप्पणी एउटै छ, चल्नुपर्ने नायिका हुन् तर सकिनन् ।

अभिनय र सुन्दरता दुवैमा अब्बल यी अभिनेत्रीलाई चलचित्र क्षेत्रमा ‘लक’ लागिरहेको छैन । उनीसँगै आएका अन्य अभिनेत्रीहरु निरन्तर अगाडि बढिरहँदा साराको करिअर भने सुखद् बन्न सकेको छैन ।

अभिनेता निखिल उप्रेतीसँग ‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’मा काम गरेर यो क्षेत्रमा अगाडि बढेकी साराले तेस्रो चलचित्र अभिनेता सलोन बस्नेतसँग ‘सुश्री सम्पत्ति’मा काम गरिन् । तीनैवटा चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारिएपछि साराका लागि चुनौतीको पहाड खडा भयो ।

चौथो चलचित्रको रुपमा उनले ‘गुञ्जन’मा काम गरेकी छन् । दुई वर्षअघि नै निर्माण भएको यो चलचित्र अझै पनि रिलिज हुन सकेको छैन । साराले राम्रो ब्यानर र चलेका नायकको साथ पाएको खण्डमा करिअरलाई बुलन्द बनाउन सक्छिन् भन्ने टिप्पणी धेरै चलचित्रकर्मीले गर्दै आएका छन् ।

सारालाई आफ्नो पाँचौं चलचित्रमा अभिनेता अनमोल केसीको साथ मिलेको छ । अनमोलसँग जोडी बाँधेका अधिकांश नायिकाको करिअर चलचित्रमा बलियो देखिएको छ । आना शर्मा, सृष्टि श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, उपासना सिंह ठकुरी, अदिती बुढाथोकी, सुहाना थापा चलचित्र क्षेत्रमा चलेका अभिनेत्री हुन् । यसैले अनमोलको जोडी भएर अभिनय गर्दा साराको करिअर पनि उकालो लाग्ने अनुमान गर्न थालिएको छ ।

निर्देशक दिवाकर भट्टराईले ‘हनी बनी’मा साराले पाएको भूमिकाअनुसार काम गर्न सकेको खण्डमा पाँच वर्र्षसम्म उनलाई कसैले भेट्न नसक्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?